Logo

धितोपत्र बोर्डको अध्यक्षका लागि ११ जनाको दरखास्त

धितोपत्र बोर्डको अध्यक्षका लागि ११ जनाको दरखास्त



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि लागि ११ जनाको दरखास्त परेको छ । अर्थ मन्त्रालयले बोर्डको अध्यक्षका लागि माग गरेको आवेदनमा अन्तिम दिन अर्थात विबाहीबारसम्म ११ जनाको आवेदन परेको अर्थमन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

laxmi

मन्त्रालयका स्रोतका अनुसार उक्त पदका लािग नेपाल नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा.गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाई, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले, अनिल पौडेल, नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का पूर्वमहाप्रबन्धक सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, जीवन अमगाई, रमेश हमाल र अम्बिका शर्मा लामिछानेले आवेदन दिएका छन् ।

अर्थमन्त्रालयले कात्तिक ११ गते बोर्डको अध्यक्ष नियुक्तिका लागि भन्दै १५ दिन अवधिभित्र शिलबन्दी आवेदन दिन माग गरेको थियो । अन्तिम दिनसम्म ११ जनाको आवेदन परेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL