Logo

माछापुच्छ्रे बैंकले प्रस्ताव गर्याे १४ प्रतिशत लाभांस, राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिने

माछापुच्छ्रे बैंकले प्रस्ताव गर्याे १४ प्रतिशत लाभांस, राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिने



काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत बर्षको नाफाबाट १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि भन्दै ०.७० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । बुधबार बैंकको संचालक समितिको बैठकले यो प्रस्ताव नेपाल राष्ट्र बैंकसमक्ष गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् । गत आर्थिक वर्षमा १ अर्ब ६० करोड रुपैयाँ बैंकले नाफा गरेको हो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रहेको छ । राष्ट्र बैंकले लाभांश स्वीकृति दिएपछि साधारणसभाले पारित गरेमा बैंकको चुक्ता पूँजी १० अर्ब ७६ करोड हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL