Logo

सुट बुटको बाह्रो प्रर्दशनी सकियो, ९५ हजारले गरे अवलोकन, ३८ हजार जोर विक्री

सुट बुटको बाह्रो प्रर्दशनी सकियो, ९५ हजारले गरे अवलोकन, ३८ हजार जोर विक्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्वदेशी जुत्ता तथा चप्पल उद्योगको लागि दक्ष जनशक्ति उत्पादन गर्न तालिम केन्द्र स्थापना गरिने वाणिज्य मन्त्री दिपक बोहराले बताए । ‘पछिल्लो समय नेपाली जुत्ता तथा चप्पल आत्मनिभर्रता तर्फ उन्मुख भएको छ,’ जुत्ता चप्पल तथा सुटको वाह्रौ औद्योगिक प्रदर्शनीको समापन गर्दै उनले भने, ‘सरकारले यसका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नका लागि भव्य र व्यवस्थित तालिक केन्द्र स्थापना गर्ने छ ।’

madhav-nepal

मेलामा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता द्वय झलनाथ खनाल र माधवकुमार नेपालले अवलोकन गरेका थिए । उनीहरुले पनि अवलोकनमा क्रममा नेपाली जुत्ता तथा चप्पलको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने बताएका थिए ।

७ दिनसम्म चलेको उक्त मेलामा ९५ हजार दर्शकले अवलोकन गरेको थिए । मेला अवधिभर विभिन्न कम्पनीका ३८ हार जोर जुत्ता तथा चप्पल विक्री भएको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसनका महासचिव तथा मेला संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL