Logo

अर्थमन्त्रीले भने – म सेयर मुल्य बढाउने वा घटाउने कुरा गर्दिन, बजारलाई सिमित व्यक्तिको कब्जाबाट सर्वसाधारणको हितमा बनाउनेछु

अर्थमन्त्रीले भने – म सेयर मुल्य बढाउने वा घटाउने कुरा गर्दिन, बजारलाई सिमित व्यक्तिको कब्जाबाट सर्वसाधारणको हितमा बनाउनेछु



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई सर्वसाधाण लगानीकर्ताको हितमा हुनेगरी काम गर्न आफु कटिवद्ध रहेको बताएका छन् । अर्थमन्त्रालयमा पत्रकारहरुसँग बजेट पछिको छलफल कार्यक्रममा बोल्दै उनले अबका दिनमा ४० लाख लगानीकर्ताको हित संरक्षण गर्नेगरी पुँजी बजारमा शुद्धिकरण गरिने बताएका हुन् ।

laxmi

‘पुँजी बजारमा केकस्ता कमस्या छन्, अहिलेसम्म कसले कसरी खेलिरहेका छन् यस विषयमा विस्तृत छानविन गर्न पूर्व न्यायाधिशको संयोजकत्वमा समिति बनाएका छौं,’ उनले भने, ‘उक्त समितिले विस्तृत प्रतिवदेन दिएपछि सेयर बजारमा भैरहेका अनिमियतताको छानविनका साथै सुधारका प्रक्रिया अघि बढाईने छ ।’

कार्यक्रममा उनले पत्रकारले उठाएको प्रश्नको जवाफ दिँदै बजारमा भैरहेको गैरकानूनी क्रियाकलापलाई विस्तारै समाधान गर्दै सर्वसासाधारण लगानीकर्ताको हित संरक्षण गर्नेगरी काम गर्ने बताए ।

अबका दिनका सरकारले सेयर बजारबाट प्राप्त हुने राजस्वलाई प्राथमिकता दिनुभन्दा पनि यसभित्र भैरहेको गैरकानूनी क्रियाकलापलाई छानविनको दायरामा ल्याएर शुद्धिकरण गरिने उनको भनाई थियोे ।

‘अहिले सेयर बजारमा विभिन्न तिकडम लगाएर सिमित व्यक्तिले मात्र कमाउने बाटो बनाईरहेका छन् भन्ने गुनासो आएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘सेयरबाट प्राप्त हुने राजस्व गुमेर हामीलाई केही फरक पर्दैन तर अहिले बजारमा कसरी गैर कानूनी क्रियाकलाप गरेर सिमित व्यक्तिले मात्रै उच्च आम्दानी गरिरहेका छन् त्यसको छानविन गरी कानुनी दायरामा ल्याउने छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL