Logo

नेप्से हालसम्मकै उच्च विन्दुमा, साढे १७ अर्ब बढीको कारोबार

नेप्से हालसम्मकै उच्च विन्दुमा, साढे १७ अर्ब बढीको कारोबार



काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १६.४१ अंकले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहानैदेखि घटबढसँगै उकालो लागिरहेको नेप्से परिसुचक हालसम्मकै उच्च विन्दु ३१ सय ७९ औं विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज बजारमा २ सय २५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार बढि कित्ता किनबेच हुँदा कारोबार रकम १७ अर्ब ५१ करोड ३२ लाख बढी पुगेको हो ।

laxmi

यस्तै आज बजारमा सबैभन्दा बढि विकास बैंक समुहको परिसुचक ३४४ अंकले उकालो लाग्दा उत्पादनमुलक क्षेत्रको परिसुचक भने ९९ अंकले बढेको छ । साथै आज जिवन बीमा समुहको परिसुचक ३१ अंकले उकालो लाग्दा निर्जिबन बीमा समुहको परिसुचकमा भने १२ अंकको गिरावट आएको छ ।

आज बजारमा कारोबार भएका कम्पनीहरुमध्ये ७ कम्पनीको सेयरमूल्यमा ९ प्रतिशत बढिले वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL