Logo

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : अन्तिम प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : अन्तिम प्रतिवेदन सार्वजनिक



काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज (कलसाइन ९ एन–एएमई–सीआरजे २००) सम्बन्धी अन्तिम जाँच प्रतिवेदन सार्वजनिक गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गरे।

मन्त्री पाण्डेले प्रतिवेदन ग्रहण गर्दै निष्पक्ष रूपमा तयार पारिएको उक्त प्रतिवेदनलाई पूर्ण कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे। मन्त्रालयले प्रतिवेदन आम सर्वसाधारणले अध्ययन गर्न सक्ने गरी आफ्नै वेबसाइटमार्फत सार्वजनिकसमेत गरिसकेको छ।

गत वर्ष साउन ९ गते मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा जाँदै गरेको सो जहाज पोखरा विमानस्थलको धावनमार्ग नजिकै दुर्घटनामा परेको थियो। उक्त घटनामा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनीष शाक्यको जीवितै उद्धार गरिएको थियो।

दुर्घटनाको भोलिपल्टै सरकारले तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा जाँच आयोग गठन गरेको थियो। आयोगले विस्तृत अध्ययन, अनुसन्धान र विश्लेषणपछि प्रतिवेदन तयार पारेको हो।

प्रतिक्रिया दिनुहोस्