Logo

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको हो । बिहीबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढ्दै प्रतितोला ९२ हजार १ सय रुपैयाँ पुगेको हो । बिहिबार सुनको मूल्य प्रतितोला ७ सय रुपेयाँले घटेको थियो ।

laxmi

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतिोला १० रुपैयाँले बढेको छ । हिजो चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL