Logo

नागरिक लगानी कोषका लगानीकर्ताले १७.८९ प्रतिशत लाभांस पाउने, यस्तो छ सेयर र नगदको रेसियो

नागरिक लगानी कोषका लगानीकर्ताले १७.८९ प्रतिशत लाभांस पाउने, यस्तो छ सेयर र नगदको रेसियो



काठमाडौं । नागरिक लगानी कोषले आफ्ना लगानीकर्ताका लागि १७ दशमलव ८९ प्रतिशत लाभांस दिने भएको छ । कोषको २६ औं वार्षिक साधारणभा कोष संचालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक बर्ष २०७६/७७ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांस स्वीकृत गरेको हो ।

laxmi

त्यसैगरी सभाले आ.ब २०७६÷७७ को वार्षिक प्रतिवेदन माथी छलफल गरी पारित गरेको छ । यो संगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण तथा रोकथाम नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनको विषम परिस्थितीको बाबजुद सेयरधनीलाई भर्चुअल रुपमा सहभागी गराइएको थियो । कोषले आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्ने बिगत लामो समय देखिको आकांक्षालाई मुर्तरुप दिई यो वर्ष आफ्नै भवन भित्रबाट भुर्चयल संचालन गरेको हो । कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले
कोषको बस्तुस्थिती बारे जानकारी दिएका थिए ।

चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कोषले १ खर्व ७२ अर्व रुपैयाँ संकलन र १ खर्व ७१ अर्व ९७ करोड रुपैयाँ लगानी गरेको छ । यस आवमा कोषको पूँजी बृद्धि हुनुका साथै कारोबार विस्तार भई विगत देखि संचालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवा समेत निरन्तर रुपमा सञ्चालन भईरहेका छन् ।

कोषको आर्थिक वर्ष २०७६÷७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्वेश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरीसकेको छ । देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्वेश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको छ ।

कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागू गरिएको छ । साथै नेपाल सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरणहरु खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको कोषले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL