Logo

आईतबार सुनको मूल्य २ सयले बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

आईतबार सुनको मूल्य २ सयले बढ्यो, चाँदीको मूल्य पनि वृद्धि



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा प्रतितोला ९० हजार ५ सय रुपै्रयाँ रहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९० हजार ७ सय रुपैयाँ पुगेको हो ।

laxmi

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार २ सय रुपैयाँ प्रतितोला रहेको छ ।

यस्तै आज चाँदीको मूल्यपनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ५ रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL