Logo

टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’ सार्वजनिक, ४ लाख ४९ हजार ९०० मा उपलब्ध

टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’ सार्वजनिक, ४ लाख ४९ हजार ९०० मा उपलब्ध



काठमाडौँ । टिभिएस रोनिन टिभिएस मोटर कम्पनीको पहिलो ‘मोडर्न–रेट्रो’ ३ अनस्क्रिप्टेड लाइफस्टाइलको लागि समर्पित मोटरसाइकल हो । विश्वव्यापी रूपमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता, टिभिएस मोटर कम्पनीले नेपालमा आफ्ना ग्राहकहरूका लागि टिभिएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको छ ।

laxmi

यसै अवसरमा ८ स्थानीय ब्लगर र ईन्फ्लुएन्सर र सोसेल मेडिया कन्टेन्ट क्रिएटरहरूले टिभिएस रोनिनको प्रक्षेपण समारोहमा सवारी गरेका थिए । आठ दिने यस सवारी काठमाडौँबाट सुरु भई पोखरा, जोमसोम, लुम्बिनी, सौराहा लगायत पहाड, हिमाल र तराईको विभिन्न भू–भागमा करिब १ हजार ३ सय किलोमिटरको दुरी पार गरी काठमाडौंमा समापन भएको थियो ।

२२५ सीसीको यस मोटरसाइकलको तौल १६० के.जी. छ भने यसले २०।४ पीएस पावर उत्पादन गर्नुको साथै १९.९३ एनएम टर्कले यसलाई मोटरसाइकल वर्गमा सबैभन्दा राम्रो पावर–टू–वेट रेसियो बनाउँछ । क्लासिक डिजाइन प्याकेजमा, मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, ग्लाइड थ्रु टेक्नोलोजी (जीटीटी) र भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको छ ।

टिभीएस रोनिन नेपाली बजारमा टी-८ संस्करण (ट्रिपल टोन डुअल च्यानल एबीएस) मा उपलब्ध हुनेछ । यो पुस २०८० देखि देशभरका टिभीएस मोटर आउटलेटहरूमा रु. ४ लाख ४९ हजार ९०० मा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL