Logo

बैंकिङ समुह उचालिँदा नेप्सेमा नयाँ रेकर्ड : २९ सय अंक पार गर्दा सवा १७ अर्बको कारोबार

बैंकिङ समुह उचालिँदा नेप्सेमा नयाँ रेकर्ड : २९ सय अंक पार गर्दा सवा १७ अर्बको कारोबार



काठमाडौं । पछिल्लो समय लगातार उकालो लागेको नेप्सेले नयाँ रेकर्ड बनाएको छ । साताको पहिलो दिन उच्च अंकको वृद्धि हुँदै नेप्सेले २९ सय अंकको रेखा पार गरेको छ ।

laxmi

आईतबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा ५० अंकले बढ्दा २९०६ अंकमा पुगेर अडिएको छ । बजारमा बैंकिङ समुहको परिसुचक उच्च रुपमा बढ्दा नेप्से परिसचकमा पनि सोही अनुरुप वृद्धि भएको छ । बजारमा बैंकिङ समुहको परिसुचक ६९ अंकले बढ्दा विकास बैंक समुहको परिसुचक ९६ अंकले उकालो लगेको छ ।

बजारमा होटल, व्यापार, बीमालगायतका समुहको परिसुचक घटेपनि लघुवित्त, अतिरिक्त समुहका समुहका परिसुचक भने उकालो लागेका छन् । बढ्दो बजारमा १७ अर्ब २१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २१८ कम्पनीको ३ करोड ७४ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL