Logo

होटल र विकास बैंकले उचाल्यो बजार, १७ अर्बको सेयर कारोबार हुँदा नेप्सेमा नयाँ रेकर्ड

होटल र विकास बैंकले उचाल्यो बजार, १७ अर्बको सेयर कारोबार हुँदा नेप्सेमा नयाँ रेकर्ड



काठमाडौं । नेप्से परिसुचकमा साताको पहिलो दिन आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आईतबार नेप्सेमा १७ अर्ब २ करोड ८४ लाख बराबरको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो ।

laxmi

आईतबार नेप्से परिसुचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलब ९३ विन्दुमा पुगेकोे छ । बजारमा आईतबार कारोबार भएका समूहमध्ये ६ समूह बाहेक अन्य समूह उकालो लागेका छन् ।

बजारमा कारोबार भएका समुहमध्ये सबैभन्दा बढि उकालो लागेका विकास बैंक र होटल समुहको परिसुचक क्रमशः २५५ र १३५ अंकले उकालो लागेका हुन् । यस्तै निर्जिवन बीमा समुहको परिसुचक ८३ अंकले बढ्दा जिवन बीमा समुहको परिसुचक ९६ अंकले उकालो लागेको छ ।

नेप्सेका अनुसार आज १८ कम्पनीको सेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज सेयर मूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा ज्योति विकास बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, गुडवील फाइनान्स कम्पनी, लुम्बिनी विकास बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, सोल्टी होटल लिमिटेड र ओरियन्टल होटल रहेका छन् ।

साथै आज खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, दिव्यश्वर हाइड्रोपावर कम्पनी, समृद्धि फाइनान्स कम्पनी, युनियन हाइड्रोपावर, साग्रीला डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, महालक्ष्मी विकास बैंक र रिलायन्स फाइनान्सको सेयर मूल्यमा उच्च बृद्धि आएको छ ।

त्यसैगरि, आज बरुण हाइड्रोपावर कम्पनी र हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL