Logo

परिसुचक घट्दा नेप्सेले बनायो नयाँ रेकर्ड, एकदैदिन पौने १५ अर्बको सेयर कारोबार

परिसुचक घट्दा नेप्सेले बनायो नयाँ रेकर्ड, एकदैदिन पौने १५ अर्बको सेयर कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दैनिक जसो नयाँ रेकर्ड कायम गरेको छ । केही समययता परिसुचक र कारोबार रकम दुवैका नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेले बिहीबार पुनः कारोबार रकममा नयाँ रेकर्ड कायम गरेको छ ।

laxmi

बजार खुलेदेखि नै आरोलो लागेको नेप्से परिसुचक अन्तमा सामान्य अंक घटेर बन्द हुन पुगेको छ । तर कारोबार रकम भने हालसम्मकै उच्च हुँदै नयाँ रकेर्ड कायम गरेको छ । साताको अन्तिम दिन अर्थात बिहीबार १४ अर्ब ७१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २१५ कम्पनीको ४ करोड १७ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

साताको अन्तिम दिन जलविद्युत कम्पनीका सेयरमा लगानीकर्ताहरु झुम्मिएका थिए । प्रायःजसो जलविद्युत कम्पनीका सेयर मूल्य उच्च बढ्न पुगेको छ । तर बजारमा माईक्रोफाइनान्स कम्पनीका सेयर भने घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL