Logo

साना लगानीकर्ताले सेयर बेचेको रकम तत्काल उपलब्ध गराउन धितोपत्र बोर्डको निर्देशन, ३ जना कर्मचारीबाट कार्यालय संचालन गर्नुपर्ने

साना लगानीकर्ताले सेयर बेचेको रकम तत्काल उपलब्ध गराउन धितोपत्र बोर्डको निर्देशन, ३ जना कर्मचारीबाट कार्यालय संचालन गर्नुपर्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना सेयर लगानीकर्तालाई सेयर बेचेको रकम जतिसक्दो चाँडो उपलब्ध गराउन निर्देशन दिएको छ । बोर्डले सेयर ब्रोकर कम्पनीहरुलाई साना सेयरलगानीकर्तालाई महामारीको बेलामा घरखर्च र अन्य खर्च चलाउन अप्ठ्यारो हुने भन्दै यस्तो निर्देशन दिएको हो ।

laxmi

साना लगानीकर्ताहरुले घरखर्च चलाउन तथा औषधी उपचारका लागि आवश्यक रकम माग गरेको अवस्थामा बेच्ने वित्तिकै उपलब्ध गराएर सहयोग गर्न बोर्डले भनेको निर्देशन दिएको हो ।

यस्तै बोर्डले ब्रोकर तथा मर्चेन्ट बैंकरहरुलाई तीन जना कर्मचारीबाट कार्यालय सञ्चालन गर्न पनि निर्देशन दिएको छ । साथै सकेसम्म घरबाटै सबै सेवा प्रदान गर्ने र गुनासो सुन्ने फोनहरुको पनि व्यवस्था गर्न बोर्डले ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL