काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार वाइबालाई पोखराको लेकसाइड क्षेत्रबाट मंगलबार पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार, वाइबाविरुद्ध साइबर अपराधसम्बन्धी उजुरी परेपछि अनुसन्धानका क्रममा पक्राउ गरिएको हो । उजुरी वाइबाकै सहकर्मी शर्मिला श्रेष्ठले काठमाडौं प्रहरीमा दर्ता गराएकी थिइन् ।
वाइबाविरुद्धको मुद्दा काठमाडौं प्रहरी परिसरमा दर्ता भएकाले उनलाई थप अनुसन्धानका लागि मंगलबार साँझ नै काठमाडौं पठाइने भएकाे छ ।