Logo

आज सुनको मूल्य प्रतितोला ४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य प्रतितोला ४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटदै प्रतितोला ९१ हजार ६ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय सुनको मूल्य घटबढ हुने क्रम जारी छ ।

laxmi

आज नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले ओरालो लागेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको चाँदी बिहीबार घटेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL