Logo

बैशाख २८ देखि हुने भनिएको क्यान इन्फोटेक मेला स्थगित, कोरोना प्रमुख कारण

बैशाख २८ देखि हुने भनिएको क्यान इन्फोटेक मेला स्थगित, कोरोना प्रमुख कारण



काठमाडौं । कम्प्युटर एसोसीएसन अफ नेपाल (क्यान) महासंघले क्यान इन्फोटेकको २७ औं संस्करण अर्काे सूचना नआउँदासम्मका लागि स्थगित गरेको छ । यसपटक बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने गरी तयारी गरिएको उक्त इन्फोटेक कोरोनाका कारण स्थगित गरिएको हो ।

कोभिड १९ को दोश्रो लहर काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको र नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान महासंघले उक्त निर्णय गरेको हो । महासंघका अनुसार महासंघको केन्द्रीय कार्यसमितिको बैठकले क्यान इन्फोटेक हाललाई स्थगित गर्ने निर्णय गरेको हो । क्यान महासंघका महासचिव नारायण थापाले विज्ञप्ति मार्पत क्यान इन्फोटेक २०२१ को तयारीको क्रममा सहयोग पुर्याउने सबैमा हार्दिक आभार तथा धन्यवाद ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL