Logo

नेप्सेमा नयाँ रेकर्ड, परिसुचक २७ सय अंक माथि, कारोबार रकम ७ अर्ब १४ करोड पुग्यो

नेप्सेमा नयाँ रेकर्ड, परिसुचक २७ सय अंक माथि, कारोबार रकम ७ अर्ब १४ करोड पुग्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार परिसुचकको नयाँ रेकर्ड कायम भएको छ । मंगलबार बजार २३ अंकले उकालो लाग्दा परिसुचक २७ सय १४ अंकमा पुगेको छ । नेपाली सेयर बजारमा पहिलो पटक नेप्से परिसुचक २७ सय अंक माथि पुगेर अडिएको हो ।
नेप्सेका अनुसार मंगलबार बजार परिसुचक २३ दशमलव २३ अंकले बढ्दा ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार बराबरको कारोबार भएको छ ।

आज बिहानैदेखि घटबढ भई उकालो लागेको नेप्से परिसुचकमा सबैभन्दा बढी विकास बैंक समुहको परिसुचक उकालो लागेको छ । नेप्सेका अनुसार आज उक्त समुहको परिसुचक ९५ अंकले उकालो लागेको हो । यस्तै बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक भने ४२ अंकले उकालो लाग्दा व्यापार समुहको परिसुचकमा ६९ अंकको सुधार देखिएको छ ।

साथै आज जलविद्युत, फाईनान्सा र म्युचुअल फण्ड समुहका परिसुचक उकालो लाग्दा बीमा, होटल तथा पर्यटन, लघुवित्तलगायत समुहको परिसुचक ओरालो लागेका छन् । तर बढ्दो बजाम्रमा बीमा समुहको परिसुचक भने ओरालो लाग्न पुगेको छ । जसमा निर्जिवन बीमा समुहको परिसुचक ८८ अंकले ओरालो लाग्दा जीवन बीमा समुहको परिसुचक ५५ अंकले घटेको हो ।

आज बजारमा एनआईसी एशिया लघुवित्त, माउन्टेन ईनर्जी, ज्योति लाईफ ईन्स्योरेन्स, सिन्धु विकास बैंक र छ्याङ्दी जलविद्युत कम्पनीको सेयर मूल्य आज ९ प्रतिशत बढीले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL