Logo

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबारको तुलनामा शुक्रबार ९ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँ पुगेको छ । बिहीबार भने सुनको मूल्य बुधबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँले बढेको थियो ।

यस्तै आज नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले उकालो लागेको छ । महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा बिहीबार चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भईरहेकोमा आज बढेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL