Logo

छानविन समितिको निष्कर्ष : प्राधिकरणको अध्यक्ष हुन शरद ओझाको अनुभव अपर्याप्त

छानविन समितिको निष्कर्ष : प्राधिकरणको अध्यक्ष हुन शरद ओझाको अनुभव अपर्याप्त



काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त हुन लागेका शरद ओझाको अनुभव पर्याप्त नभएको निष्कर्ष छानविन समितिले सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्ले गठन गरेको उच्च स्तरीय छानविन समितिले ओझाको अनुभव नपुगेको प्रतिवेदन सरकारलाई बुझाएको छ।

गत ३० असारमा मन्त्रिपरिषद्को निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो। समितिमा पूर्वसहसचिव जीवन प्रकाश सिटौला र बीमा समितिका पूर्वबोर्ड सदस्य कपिलदेव ओली सदस्य रहेका थिए। समितिले अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको थियो।

छानविन समितिका एक अधिकारीका अनुसार, ‘समितिको अध्ययनबाट बीमा प्राधिकरणको अध्यक्ष बन्न ओझाको अनुभव पर्याप्त नभएको देखियो।’ प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाइएको छ र मन्त्रालयले त्यसपछि शरद ओझासँग स्पष्टिकरण मागेको छ।

समितिको प्रतिवेदनपछि अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा सिफारिस गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। छानविन प्रतिवेदन सार्वजनिक भएपछि ओझाको अध्यक्ष पदमा नियुक्ति अस्थिर अवस्थामा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्