Logo

स्टार्टअप आईडियालाई महासंघको राहत, नयाँ ५० आईडियामा ५० व्यवसायीले लगानी गर्ने

स्टार्टअप आईडियालाई महासंघको राहत, नयाँ ५० आईडियामा ५० व्यवसायीले लगानी गर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ सोचसहित आएका स्टार्टअप आईडियाहरुलाई पूजि जुटाईदिने भएको छ । महासंघले सोमबार स्टार्टअप एण्ड ईन्नोभेसन समिति गठन गर्दै नया ५० स्टार्टअपहरुलाई लगानीकर्ताद्वारा लगानी जटाउने बताएको हो । महासंघले रंजितराज आचार्यको सभापतितवमा स्टार्टअपहरूको प्रवद्र्धन मार्फत मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सिर्जना गर्न उक्त पहिलोपटक उक्त समिति गठन गरेको हो । उक्त समितिमा स्टार्टअप तथा ईन्नोभेसन क्षेत्रमा स्थापित यूवा उद्यमीहरू संलग्न रहेका छन् ।

laxmi

महासंघ अन्तर्गतको समितिले नविन सोचमा आधारित रहेर उद्यम गरीरहेका ५० वटा स्टार्टअप÷उद्योग व्यवसायहरूको व्यवसायिक सफलताका लागि समिति अन्तरगत रहेको इन्भेष्टर फोरम मार्फत ५० लगानीकर्तासंग साक्षात्कार गराई लगानी तथा व्यवसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिएको छ ।

यसका लागि यही चैत्र महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने छ । यसमा आवेदन दिन चाहने स्टार्टअप÷उद्योग व्यवसायहरू कम्तीमा एक वर्ष र सो भन्दा बढी समय संचालनमा आएको हुनुपर्नेछ । आवेदन सवै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा )का लागि खुला गरिने छ । यस्तै स्टार्टअप÷उद्योग व्यवसायहरू लगानीका लागि छनौट भई सकेपश्चात उनिहरूलाई लगानीकर्ता माझ पुर्याउन पहिलो तीन महिनाको मेन्टरशीप कार्यक्रममा समावेश गराइने सभापति आचार्यले जानकारी दिए ।

उद्यमशीलता सम्बन्धी परामर्श दिन लामो व्यवसायिक अनुभवी हासिन गरेका सफल २० जना मेन्टरहरूको रोस्टर तयार गरिएको छ । एक स्टार्टअप/उद्योग व्यवसायलाई एक मेन्टरका हिसावले २० स्टार्टअप÷उद्योग व्यवसायलाई मेन्टरशीप कार्यक्रम अन्तरगत लामो व्यवसायिक अनुभव वटुलेका मेन्टरहरूमार्फत करिव ३ महिना परामर्श दिई उद्यम गर्न सक्षम बनाइनेछ । मेन्टरशीपमा सफलतापूर्व मेन्टरिङ पुरा गरेका स्टार्टअप/उद्योग व्यवसायलाई मात्र लगानी जुटाउनका लागि लगानीकर्ता माझ आफनो व्यवसायको प्रस्तुतीका लागि मौका प्रदान गरिने छ । केन्द्र बाहेक जिल्लास्तरमा पनि स्टार्टअप÷उद्योग व्यवसायलाई आवश्यक पर्ने मार्गदर्शनका लागि भर्चुअल माध्यमबाट मेन्टरहरू उपलब्ध गराइने छ ।

यस्तै प्रत्येक महिनाको पहिलो शुक्रवार हरेक क्षेत्रका सफल उद्यमीसंग स्टार्टअपहरूलाई सहयोग पुग्ने गरी ज्ञान श्रृंखलाको रूपमा प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रवार फस्र्ट फ्राईडे टक आयोजना गरिने छ । कार्यक्रम महासंघ सचिवालयमा दिनको ३ देखि ५ः३० बजेसम्म चल्ने छ । कार्यक्रममा सफल उद्यमीहरू र यस क्षेत्रका विज्ञहरूको सहभागिता रहने छ । आगामी अप्रिल २ तारिखमा पहिलो कार्यक्रम आयोजना गर्ने कार्य तालिका छ र उक्त कार्यक्रममा हिमालयन जाभाका प्रमुख गगन प्रधानद्वारा सफल फ्रेन्चाइज विजनेश मोडलका वारेमा प्रस्तुती सहित अन्तरक्रिया गर्नुहुने कार्यक्रम छ । सो कार्यक्रममा फ्रेन्चाइज विजनेससंग सम्बन्धी स्टार्टअप/उद्योग व्यवसायलाई सहभागी गराइने छ । सो कार्यक्रममा सहभागितामा लागि महासंघको स्टार्टअप तथा ईन्नोभेसन हेर्ने शाखामा सम्र्पक गरेर मात्र भागलिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL