Logo

नेप्सेलाई निफ्राको जवाफ : लण्डन स्टकमा बण्ड जारी गर्छौ, सेयरधनीलाई लाभांस पनि दिन्छौं

नेप्सेलाई निफ्राको जवाफ : लण्डन स्टकमा बण्ड जारी गर्छौ, सेयरधनीलाई लाभांस पनि दिन्छौं



काठमाडौं । नेपाल ईन्फ्रास्ट्रक्चर बैंक (नीफ्रा)ले नेपाल स्टक एक्चेन्ज (नेप्से)लाई बण्ड जारी गर्ने र लाभांस वितरण गर्ने जवाफ दिएको छ । केहीदिनअघि संचारमाध्यममा नीफ्राले लण्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलरको बण्ड जारी गर्ने समाचार प्रकाशित भएपछि नेप्सेले यसबारे स्पष्टिकरण माग गरेको थियो ।

laxmi

सेयरमूल्यमा असर पार्ने भन्दै यसको स्पष्टिकरण मागेको नेप्सेलाई नीफ्राले एक पत्रमार्फत बण्ड जारी गर्ने प्रक्रिया बैंकको रणनीतिभित्रै पर्ने भएकाले यसबारे आवश्यक अनुपति पहिले नै लिईसकेको बताएको हो ।

नीफ्राका अनुसार दिर्घकालिन पूर्वाधार परियोजनाहरुमा लगानी गर्न बैंकले मुख्य रुपमा बण्ड जारी गर्ने प्रक्रियालाई लिएको समेत जानकारी दिएको छ । यस्तै बैंकले आर्थिक बर्ष २०७७/७८ मा ८ प्रतिशत लाभांस जारी गर्ने समेत स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL