Logo

पोन्डस् नेपाल तथा डोभ नेपालको ‘तीज रेडि सेल्फी’ प्रतियोगिता, भदौं १६ गतेसम्म सञ्चालन हुने

पोन्डस् नेपाल तथा डोभ नेपालको ‘तीज रेडि सेल्फी’ प्रतियोगिता, भदौं १६ गतेसम्म सञ्चालन हुने



काठमाडौं । पोन्डस् नेपाल तथा डोभ नेपालले तीज रेडि सेल्फी प्रतियोगिताको सुरुवात गरेको छ । पोन्डस् नेपाल तथा डोभ नेपालले तीज महोत्सव मनाउन उत्साहित नेपाली महिलाहरूका लागि सेल्फी प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि महिला सहभागीहरुले तीज मनाउनको लागि तयार भएको आफ्नो फोटो पोन्डस् नेपाल तथा डोभ नेपालको अधिकारिक फेसबुक पेजको इनबक्समा पठाउनु पर्नेछ ।

सो फोटोहरु प्राप्त भएपश्चात प्रतियोगीहरुको सहमतिपछि पोन्डस् नेपाल र डोभ नेपालको अधिकारिक फेसबुक पेजमा पनि अपलोड गरिने छ र साथै सहभागीहरुको आफ्नो फेसबुक पेजमा पनि आफ्नो फोटो अपलोड गर्नु पर्नेछ ।

अपलोड भएका फोटोहरुमध्ये उत्कृष्ट १० सहभागीलाई यस प्रतियोगिताको विजेता घोषणा गरिनेछ । विजेताले उपहार स्वरुप पोन्डस् र डोभको तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् । तीज रेडी सेल्फी प्रतियोगिता भदौं १६ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL