Logo

कोरोना उपचारमा सरकारको कडा कदम : संक्रमण पुष्टि नभएसम्म बिरामी रिफर गर्न नपाईने, तोकियो १३८ अस्पताल (सूचीसहित)

कोरोना उपचारमा सरकारको कडा कदम : संक्रमण पुष्टि नभएसम्म बिरामी रिफर गर्न नपाईने, तोकियो १३८ अस्पताल (सूचीसहित)



काठमाडौं । सरकारले कोरोना भाइरसको परीक्षण तथा उपचारका लागि अग्रगामी कदम चालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९ महामारीको सन्धर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रबाहका लागि अन्तरिम निर्देशिका’ जारी गर्दै कोरोनाको चेकजाँच, परीक्षण तथा अन्य स्वास्थ्य सेवालाई सुचारु गर्न निर्देशन दिएको हो ।

laxmi

मन्त्रालयले अबका दिनमा कोभिडलाई विभिन्न तीन चरणमा विभाजन गरी सोही अनुरुपको उपचार सेवा उपलब्ध गराउनका लागि अस्पताल तोकिदिएको छ भने कोभिड बाहेकका अन्य सेवालाई निरन्तरता दिनलाई समेत निर्देशन दिएको छ ।

मन्त्रलयले निर्देशिका जारी गर्दै सातै प्रदेशमा गरेर कोभिड क्लिनिक संचालनका लागि १११ वटा अस्पताललाई तोकेको छ । यसैगरी मन्त्रालयले कोभिड देखिएदेखि उपचार गर्नका लागि निर्देशिकाको अनुसूची २ अन्तरगतका अस्पताल तोकेको छ ।

साथै कोभिड अस्पताल बाहेकका अन्य निजी अस्पतालहरुले कोभिड अस्पतालबाट स्थानान्तर भई आएका विरामी वा अन्य बिरामीहरुको सुशल्क उपचार गर्नुपर्नेछ । साथै त्यस्ता अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार स्वास्थ्य बीमाले सोधभर्ना दिने दररेटभन्दा बढी लिन पाईनेछैन ।

मन्त्रालयले कोभिड क्लिनिक संचालन गर्नका लागि प्रादेशिक रुपमा १११ अस्पताल तोकिएको छ भने कोभिड २ को अनुसुची अन्तरगत कोरोना भाइरसको लक्ष्ण देखिएको विरामी उपचार गर्नका लागि तीन तहको अस्पता तोकिएको छ ।

जस अनुसार कोभिड लेवल १ का लागि १३ अस्पताल, कोभिड २ लेवलका लागि १२ अस्पताल र अनुसुची ३ अन्तरगतका कोरोना संक्रमण उपचार गर्नका लागि ३ वटा अस्तापल तोएिको छ । अनुसुची ३ अन्तरगत सरकारले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान, त्रिवि शिक्षण अस्पताल महाराजगंज र नेपालगंज मेडिकल कलेज कोहलपुरलाई तोकिएको छ ।

यसैगरी निजी अस्पतालहरुले कोरोनाको संक्रमणको शंकामा बिरामी नै उपचार नगरी रिफर गर्ने क्रम बढेसँगै त्यसलाई समेत कडाइ गरेको छ । अबका दिनमा आएका स्वास्थ्य परीक्षणका लागि आएको बिरामीको कोरोना पुष्टि नभएसम्म कुनै पनि अस्पतालमा रिफर गर्न पाईने छैन । साथै रिफर गर्न परेमा स्वीकृति लिनुपर्ने छ ।

यी हुन कोरोना परीक्षणका लागि तोकिएको विभिन्न तहका १३९ अस्पतालहरु


प्रतिक्रिया दिनुहोस्
MBL