Logo

यस्तो छ बिसीजी खोपको नयाँ बैज्ञानिक अध्ययन, जसले कोरोना सर्न र मृत्युदरमा १० गुणा फरक पार्छ

यस्तो छ बिसीजी खोपको नयाँ बैज्ञानिक अध्ययन, जसले कोरोना सर्न र मृत्युदरमा १० गुणा फरक पार्छ



काठमाडौं । बीसीजी खोप लगाउने नीति भएका देशहरुमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा १० गुणाले कम छ । अमेरिका तथा बेलायतका अनुसन्धानकर्ताहरुले १ सय ७८ देशमा गरेको सर्वेक्षण अनुसार बीसीजी खोप लगाउने नीति नभएका देशमा अन्य देशको तुलनामा १० गुणा बढीको मृत्यु भएको पाईएको हो ।

laxmi

बीसीजी अर्थात बेकिलस केलमेट ग्युरिन खासगरी क्षयरोगको औषधि हो । गरिब तथा विकासशिल देशहरुका बालबच्चालाई बीसीजी खोप लगाउने नीति छ । तर धनी राष्ट्रहर जस्तै अमेरिका, बेलायतलगायतका देशहरुमा यसको नीति छैन ।

गत मार्च ९ देखि मार्च २४ सम्म विभिन्न १ सय ७८ देशमा १५ दिनसम्म अध्ययन गरिएको थियो । उक्त अध्ययनमा बीसीजी खोप नीति भएका देशमा प्रति १० लाखमा ३८ जनामा संक्रमण भएको र यसको नीति नभएका देशमा प्रति १० लाखमा ३ सय ५८ जनामा यसको संक्रमण देखिएको थियो । यस्तै खोप कार्यक्रम नभएको देशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या प्रति १० लाखमा ४० जना रहेको छ भने यसको कार्यक्रम लागु गरिएका देशमा कोरानाका कारण मृत्यु हुनेको संख्या प्रति १० लाखमा ४ जना रहेको छ ।

१ सय ७८ देशमा गरिएको उक्त अध्ययनमा बीसीजी खोपको कार्यक्रम संचालन नगरेका २१ देश सामेल थिए । ‘हामीले यस्तो होला भनेर विश्वासै गरेका थिएनौं तर कोरोनाको प्रकोप पनि बीसीजी कार्यक्रम लागु गरेका भन्दा नगरेका देशमा १० गुणा बढी देखियो,’ टेक्सासस्थित हस्टन क्यान्सर सेन्टरका प्रोफेसर डा आशिस कामतले भने ।

पछिल्लो समय बीसीजी खोपलाई कोरोना भाईरसको क्याण्डिडेट औषधिको रुपमा लिइएको छ । अष्ट्रेलियाका करिव ४ हजार जनामा यसको परिक्षण गरिएको छ ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL