Logo

फुटपाथमा व्यापार र सवारी पार्किङ गरेमा कारबाही

फुटपाथमा व्यापार र सवारी पार्किङ गरेमा कारबाही


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पोखरामा फुटपाथमा व्यापार तथा सवारी साधन पार्किङ गर्नेलाई कारबाहीको अभियान शुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान शुरु गरेको हो ।

दिन प्रतिदिन बढ्दो सवारी साधन तथा दुुर्घटनामा पनि बढ्दै गएका कारण महानगरमा यस्ते अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकृत प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले बताए । साथै यस अभियानको अर्को उद्देश्य महानगरलाई स्वच्छ सुन्दर एवं दुर्घटनारहित बनाउने रहेको उनले जानकारी दिए ।

उनका अनुसार फुटपाथमा व्यापारिक सामानका साथै सवारी साधन नराख्नका लागि सार्वजनिक रुपमा आह्वान पनि गरिसकिएको छ ।

थापाले आगामी दिनमा अटेर गरिएको पाइएमा अधिकतम् कारबाही गरिने जानकारी दिए । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL