Logo

धर्म, इतिहास र मनोरञ्जनको संगमस्थल – चन्द्रागिरि

धर्म, इतिहास र मनोरञ्जनको संगमस्थल – चन्द्रागिरि


रक्षा रेग्मी
27
Shares

फुसर्दको समय विताउन पार्क वा सिनेमाको विकल्प नभएका उपत्यकाबासीका लागि काठमाडौंकै सेरोफेरोमा नयाँ पर्यटकीय गन्तव्य सृजना भएको छ । सप्ताहन्त मनाउने युवायुवती मात्र होइन विद्यालय विदामा छोराछोरीलाई कहाँ लैजाउँ भनेर पिरोलिइरहेका बाबुआमाका लागि पनि एउटा राम्रो विकल्पको आरम्भ भएको छ ।

हामी कुरा गर्दैछौं चन्द्रागिरि शिखरको ।

IMG_20160826_133752

शक्तिपीठ, केबलकार, मनोरञ्जन, चिल्ड्रेन पार्क र अन्य आकर्षणले चन्दागिरि शिर रोमाञ्चक बनेको छ । अहिलेसम्म केही मानिसमात्र हाइकिङका लागि पुग्ने चन्द्रागिरीमा विस्तारै घुम्न जानेको लर्को लाग्न थालेको छ ।

IMG_20160826_121838

चन्द्रागिरी अर्थात सतीदेवीको निधार पतन भएको ठाउँ । सत्ययुगमा भगवान महादेवले सतीदेवीको लास बोकेर हिड्दा भाल अर्थात निधार पतन भएको स्थान हो चन्द्रागिरि जहाँ उत्पन्न भएको ज्योतिर्लिंगलाई भालेश्वर महादेव भनिन्छ ।

त्यतीमात्र होइन, त्यसबेला गोर्खाली राजा पृथ्वीनरायण शाहले ससुराली मकवानपुरबाट फर्किंदा त्यही चुचुरोबाट काठमाडौं उपत्यका देखेपछि यसलाई गोर्खा साम्राज्यको राजधानी बनाउने सपना देखेका थिए ।

 

IMG_20160826_140211त्यसैले चन्द्रागिरि डाँडा धार्मिक र ऐतिहासिक महत्व बोकेको र प्राकृतिक सौन्दर्यले भरीपूर्ण रमणीय स्थल हो । वरिपरि हरियो जंगल, उत्तर र पूर्वमा देखिने सेताम्य हिमाल अनि दक्षिणमा फैलिएको चित्लाङ । मन हर्नका लागि प्रकृतिले नै खास सिर्जना गरेको धर्तीको स्वर्ग हो चन्द्रागिरि । अनि तपार्इंलाई त्यो मनोहर टाकुरामा पु¥याउने जिम्मा चन्द्रागिरि हिल्सले लिएको छ । पहाडको फेदीबाट २.५ किलोमिटर लामो केबल कारले तपाईंलाई १२ मिनेटमै पहाडको टुप्पामा पु¥याउँछ, पहिलेजस्तो घण्टौं नाक ठोकिने उकालो चढ्नु पर्दैन ।

IMG_20160826_125601

कलंकीबाट केही किलोमिटरको दुरीमा न धुँवा न धुलो । प्राकृति पनि फेवर गरेको ठाउँ । त्यहाँ पुगेपछि एकोहोरो दैनिकी र काठमाडौंको उकुसमुकुबाट एकैछिन भनेपनि छुटकारा पाएको महशुस हुन्छ । जव जंगलको वीचैवीचबाटा शुरु हुन्छ केबलकार यात्रा ।

अनमुडमा राख्नुहोस क्यामरा

केवलकार चढेपछि देखिने प्रकृतिको मनोरम दृष्य क्यामरामा कैद नगरी बस्न सकिदैन । त्यहाँबाट देखिने हरेक दृष्य कैद गर्न भ्याइनभ्या हुन्छ , त्यसकारण अनमुडमै राख्नुस क्यामरा ।

टप स्टेशन आउने बेलामा केहीवेर कुहिरोेमा हराइन्छ, काग हराए जस्तो ।

IMG_20160826_121950स्टेशनमा ओर्लिएर बाहिर निस्कने वित्तिकै लाग्छ, सायद यस्तै हुन्छ स्वर्ग ।

एक मिनेटको बाटो हिडेपछि आइपुग्छ, अघि पृथ्वी नाराण शाहले त्यही ठाउँमा उभिएर काठमाडौं उपत्यका आफ्नो बनाउने सोचेको ठाँउ । त्यहाँबाट देखिने काठमाडौं उपत्यकाको दृष्य देखेपछि जोकोहिले सजिलै अनुमान गर्नसक्छन् चन्द्रागिरीमा वसेर पृथ्वीनारायण शाहले कान्तिपुर अर्थात काठमाडौं आफ्नो बनाउन किन चाहे ।

14159859_866263780173428_162130494_n
टप स्टेशनको विशेषता भालेश्वर  महादेव मन्दिर हो ।

IMG_20160826_124647

भालेश्वर मन्दिरको अर्को नाम हो इच्छापुरेश्वर । यहाँ आएर मागिएको इच्छा पुरा हुन्छ भन्ने किम्वदन्ती छ । त्यस्तै छिनछिनमै मौसमरुपी रुप फेरिरहने प्रकृतिले जोकोहीलाई पनि भुलाउन सक्छ । सूर्योदय र सूर्यास्त हेर्नका लागि पनि चन्द्रागिरी उपयुक्त स्थान हो ।  त्यस्तै बच्चाहरुका लागि विभिन्न मनोरञ्जनका साधन पनि छन् ।

children park

कस्तो छ केवलकार

चन्द्रागिरीको केवलकारको विशेषता भनेको यसको स्पिड बढाउने वा घटाउने हो । यात्रुले विस्तारै यात्रा गर्न चाहेको अवस्थामा स्लो मुडमा राख्न सकिन्छ । त्यस्तै शारिरीक रुपमा अशक्तहरुका लागि लागि ह्वीलचियरको समेत व्यवस्था गरिएको छ ।

केवलकारको विशेषतासेन्सर रिड गर्ने क्षमता  पनि हो । केवलकार हावाको बहाव बढी हुँदा पनि रोकिन्छ । त्यस्तै वत्ती जाँदा पनि रोकिन्छ । यो केवलकारमा आएका खरावीका कारण नभइ सेफ्टी मेजरले गर्दा रोकिएको चन्द्रागिरी हिल्सका महाप्रवन्धक अभिशेक विक्रम शाहले बताए । कम्पनीले हाल ३८ ओटा गोन्डोला सञ्चालनमा ल्याएको छ । गोन्डोलामा ८ जना अटाउँछ । त्यस्तै त्यहँँ चल्ने केवलकारमा एक घण्टामा  १ हजार जना माथि लैजाने क्षमता छ ।

IMG_20160826_135932

कम्पनीले केवलकार शुल्क सर्वसाधारणका लागि ७ सय रुपैयाँ लिने गरेको छ । शुरुमा महंगो भयो भनेर गुनासो गर्नेहरु पनि घुमेर फर्केपछि सन्तुष्ट हुन्छन् ।
त्यस्तै ३ फिटसम्मका बच्चाका लागि निःशुल्क र ३ देखि ४ फिटको बच्चालाई ४० प्रतिशत छुटको व्यवस्था गरेको ।

कम्पनीले स्थानीय र विद्यार्थीलाई आफ्नो परिचय पत्र देखाएको अवस्थामा २५ प्रतिशत छुट दिने गरेको छ । सार्क राष्टका नागरिकका लागि ७ सय भारु र अन्य राष्टका नागरिकका लागि १४ मिनेटको केवलकार यात्राका लागि २२ डलर शुल्क लिदै आएको छ । कम्पनीले शुरु गरेको २ हप्तामा २० हजारले केवलकार चढिसकेको छन् ।

ticketकम्पनीको बटन स्टेसन १ सय २० रोपनिमा निर्माण गरिएको । त्यस्तै टप स्टेशन ४० बर्षका लागि जंगल लिजमा लिइएको बताइएको महाप्रवन्धक अभिशेक विक्रम शाहले बताए ।
बटन स्टेशनमा ३ सय मोटरसाइकल र ३ सय कार पार्किङ क्षमता छ । अन्य सुविधामा रेष्टुराँ, कफि शप, व्राण्डेड स्टोरलगायत छन् । त्यस्तै चन्द्रागिरीमा उचच स्तरको सभाहल पनि निर्माण भइसकेको छ । कम्पनीको अर्को विशेषता भनेको त्यहाँ प्राविधिकदेखि हरेक कर्मचारी स्वदेशी छन् । त्यसमा पनि ५० प्रतिशत कर्मचारी स्थानीय छन् ।

हाल टप स्टे्नमा भ्यु टावरको डेकोरेसन भइरहेको छ । सवै काम पुरा भएपछि ग्रयाण्ड ओपनिङ गरिने बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL