Logo

अध्ययनको नयाँ निष्कर्ष, यी ब्लड ग्रूप हुनेलाई कोरोना संक्रमणको जोखिम न्यून

अध्ययनको नयाँ निष्कर्ष, यी ब्लड ग्रूप हुनेलाई कोरोना संक्रमणको जोखिम न्यून



काठमाडौं । ब्लड ग्रुप ओ र रेसस नेगेटिभ (आरएच) हुने बिरामीहरुलाई कोरोना भाईरसको खतरा कम हुने पाईएको छ । हालै अमेरिकास्थित अन्नल्स अफ इन्टरनल मेडिसिनले गरेको अध्ययन अनुसार यस्तो ब्लड ग्रुप हुने बिरामीलाई स्वासप्रश्वासमा हुने गडबडी सकेसम्म कम हुने उल्लेख गरिएको छ । जसमा कोरोना भाईरस २ (सार्स कोभ २) र कोभिड १९ को समस्या ज्यादै न्युन हुन्छ ।

laxmi

अनुसन्धाताहरुले जनसंख्याको आधारमा सन २००७ देखि २०२० सम्म २ लाख २५ हजा ५ सय ५६ जनामा अनुसन्धान गरेका थिए । उक्त मानिसहरुलाइ सन २०२० को १५ जनवरीदेखि जुन ३० सम्म सार्स कोभ २ जाँच गरिएको थियो । जसमा ५३.८ बर्षका नागरिक २९ प्रतिशत समेटिएका थिए । जसमध्ये १३ देखि १५ प्रतिशतलाई मुटुसम्बन्धी समस्या, ११ प्रतिशतलाई किड्नीसम्बन्धी समस्या, २१ प्रतिशतलाई एनेमिया, २७ देखि २९ प्रतिशतलार्य क्यान्सरलगायत रोग लागेका थिए ।

तर, उक्त अध्ययनमा ब्लड ग्रुप ओ भएका नागरिकलाई भने सार्स कोभिड २ हुने सम्भावना २ दशमलव १ प्रतिशत मात्रै हुने देखिएको थियो भने अन्यको तुलनामा १ हजार जनामध्येबाट ३ जनालाई यस्तो समस्या देखिने पाईएको थियो । त्यसैले अनुसन्धाताहरुले ब्लड ग्रुप ओ भएका नागरिकहरुमा कोरोना भाईरस विरुद्ध सुरक्षित गर्ने क्षमता पनि हुने देखिएको छ । यस्तो ब्लड ग्रुप भएका मानिसको स्वास्थ्यमा एन्टीबोडी पनि बढि हुने अध्ययनले देखाएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL