Logo

गुगलले भारतमा १० बिलियन डलर लगानी गर्ने, डिजिटल इन्डियाका लागि प्रविधिमा लगानी

गुगलले भारतमा १० बिलियन डलर लगानी गर्ने, डिजिटल इन्डियाका लागि प्रविधिमा लगानी



काठमाडौँ । विश्वकै ठुलो टेक जायन्ट कम्पनी गुगलले भारतमा १० बिलियन डलर लगानी गर्ने भएको छ । गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले गुगलले डिजिटल इंडियाका लागि विभिन्न प्रविधिमा ५ देखि ७ बर्षको अवधिमा १० बिलियन डलर अर्थत ७५ हजार करोड भारतीय रुपैया लगानी गर्ने घोषणा गरेका छन् ।

laxmi

छैठौं गुगल फर इन्ढिया इभेन्ट २०२० को अवसरमा पिचाईले सो घोषणा गरेका हुन् । उनले भारतमा गुगल पेको माध्यमबाट कोरोना राहत कोष पीएम केयर्स फण्डमा दुई सातामा १२० करोड रकम जम्मा भएको समेत जानकारी दिएका छन् ।

यसअघि आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत पिचाईसँग भर्चुवल छलफल गरेका थिए । यसैबीच गुगल फर इंडिया इभेन्टमा गुगल इंडियाका प्रमुख संजय गुप्ताले गुगल अब स्मार्ट भएको जानकारी दिदै २४ घण्टा अघि नै मौसमको जानकारी अनुमान गर्न सक्ने भएको जानकारी दिएका छन् । उनले कोरोनाको बारेमा अहिलेसम्मम २ अर्ब बढी सर्च भएको र त्यसको जवाफ गुगलले दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL