Logo

एक बर्षमा १ लाख ५९ हजार जनालाई भ्रष्टाचारको कारबाही

एक बर्षमा १ लाख ५९ हजार जनालाई भ्रष्टाचारको कारबाही


बिजखबर संवाददाता
0
Shares

बेइजिङ । चीनमा सन् २०१७ मा १ लाख ५९ हजार १ सय जनालाई भ्रष्टाचार विरुद्धको कारबाही भएको छ । उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले उल्लेख गरेको छ ।

उनीहरू १ लाख २२ हजार १ सय वटा घटनामा संलग्न भएको र तीमध्ये ४८ हजार ७ सय वटा घटना गरिबी निवारण सम्बन्धी थिए ।

हालै प्रकाशित एक सर्वेक्षणले ९३ दशमलव ९ प्रतिशत जनता पार्टीको भ्रष्टाचार विरोधी कामबाट सन्तुष्ट भएको देखाएको छ । यसरी सन्तुष्ट हुनेहरूको मात्रा यसअघि सन् २०१२ मा ७५ प्रतिशत मात्र थियो । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्
MBL