Logo

चीन र थाइल्याण्डका नागरिक एकअर्को देशमा जान भिसा नचाहिने, मार्च १ देखि ‘भिसामुक्त युग’

चीन र थाइल्याण्डका नागरिक एकअर्को देशमा जान भिसा नचाहिने, मार्च १ देखि ‘भिसामुक्त युग’



काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डमा आधिकारिक रूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताएका छन् । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

laxmi

थाइल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पर्णप्री बहिद्धानुकारासँगको परामर्शपछि संयुक्त पत्रकार सम्मेलनमा वाङले यसबारे जानकारी दिएका हुन् । यसले पक्कै पनि द्विपक्षीय नागरिकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने मन्त्री वाङको विश्वास छ । चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले छिमेकी देशहरूसँगको कूटनीतिमा थाइल्याण्डलाई चीनले सधैँ प्राथमिकताका रूपमा हेरेको बताए ।

उनले एक चीन सिद्धान्तप्रति थाइल्याण्डको दृढ प्रतिबद्धता र विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहल र विश्वव्यापी सभ्यता पहलका लागि सक्रिय सहयोगको सदैव प्रशंसा गरेको बताए । आगामी वर्ष चीन–थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउन लागिएको छ । वाङले विगत आधा शताब्दीमा द्विपक्षीय सम्बन्धले बदलिँदो अन्तर्राष्ट्रिय परिदृश्यको परीक्षाको सामना गरेको र त्यसमा बलियो हुँदै गएको वाङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL