Logo

नगद संकटमा परेको पाकिस्तानलाई साउदीबाट दुई अर्ब डलर सहयोग

नगद संकटमा परेको पाकिस्तानलाई साउदीबाट दुई अर्ब डलर सहयोग



काठमाडौं । नगद संकटमा परेको पाकिस्तानलाई साउदी अरबले दुई अर्ब अमेरिकी डलर प्रदान गरेको छ । विदेशी मुद्रा सञ्चिति निरन्तर घटेर जटिल आर्थिक परिस्थितितर्फ उन्मुख भएको पाकिस्तानलाई मङ्गलबार साउदी अरबबाट दुई अर्ब डलरको निक्षेप प्राप्त भएको हो ।

laxmi

देशको आर्थिक संकटबाट जोगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग यसै महिना नयाँ सम्झौता अनुमोदन हुन लागेका बेला साउदीबाट प्राप्त सहयोगले इस्लामाबादलाई ठूलो राहत मिलेको छ । अर्थतन्त्र भुक्तान सन्तुलनको संकटबाट ग्रस्त छ भने बाह्य ऋण सेवा प्राप्तिको प्रयास पनि असफल भएको छ ।

महिनौँको राजनीतिक अराजकताले विदेशी लगानीलाई निरुत्साहित भएको छ । मुद्रास्फीति ह्वात्तै बढेको छ । पाकिस्तानी रूपैयाँ डलरको तुलनामा कीर्तिमानी न्यून विन्दुमा पुगेको छ । देशलाई आयात धान्न धौ धौ परिरहेको छ भने औद्योगिक उत्पादनमा गम्भीर गिरावट आएको छ ।

साउदी अरबले पछिल्लो समय स्टेट बैंक अफ पाकिस्तानको खातामा थप दुई अर्ब डलर जम्मा गर्ने घोषणाअनुरूप बैंकको खातामा उक्त रकम जम्मा भएको छ’, पाकिस्तानका अर्थमन्त्री इशाक दारले पत्रकार सम्मेलनमा भने । स्ट्यान्डर्ड क्यापिटल सेक्युरिटीजका अनुसन्धान विश्लेषक फैसल शाजी पछिल्लो निक्षेपले पाकिस्तानको विदेशी मुद्रा सञ्चितिलाई स्थिर बनाउने र अन्तरराष्ट्रिय बजारमा यसको ‘क्रेडिट रेटिङ’ मा सुधार बताउँछन् । आईएमएफको सहायता कार्यक्रमका निमित यो ठूलो र सकारात्मक विकास भएको तर्क गर्दै उनले यसबाट पाकिस्तानको मुद्रा बलियो हुने र त्यसले शेयर बजारमा राम्रो प्रभाव दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL