Logo

ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै



काठमाडौं । ताइवानको पूर्वी तटमा बिहीबार ६।. म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ । बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा ६ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको जनाइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५.९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन । ताइवानमा भूकम्पको धक्का धेरै कम महसुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले पत्रकारहरूलाई जानकारी दिएका छन् ।

अहिलेसम्म आठ वटा पराकम्पन गएको छ र हामीले आगामी तीन दिनमा थप परकम्प आउने अनुमान गरिएको ताइपेईमा चाङले बताएका छन् । ताइवानको सबवे र रेलवे अधिकारीहरूले दुवै रेलहरू कम गतिमा चलिरहेका छन् तर सेवा रोकिएको छैन । दुई टेक्टोनिक प्लेटको जंक्शन नजिकै रहेको टापुको कारण ताइवानमा नियमित भूकम्प जान्छ ।

कतिपय ६.० म्याग्निच्युडको वा सोभन्दा बढीको भूकम्प घातक साबित हुन सक्छ, यद्यपि धेरै भूकम्प कहाँ र कति गहिराइमा आउँछ भन्ने कुरामा भर पर्छ । गत सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । यसमा परी एक व्यक्तिको ज्यान गएको थियो भने केही भवन ढलेका थिए । रासस / एएफपी

प्रतिक्रिया दिनुहोस्
MBL