Logo

भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित, पछिल्लो २४ घण्टामा ६२७ जनाको मृत्यु

भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित, पछिल्लो २४ घण्टामा ६२७ जनाको मृत्यु



काठमाडौं । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५१ हजार २ सय ९ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल भारतमा कोरोना पोजेटिभ दर १५ दशमलव ८८ रहेको जनाइएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म ४ करोड ६ लाख २२ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।

laxmi

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या २१ लाख ५ हजार ६ सय ११ छ । गएको २४ घण्टामा भारतमा ३ लाख ४७ हजार ४ सय ४३ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ८० लाख २४ हजार ७ सय ७१ जनालाई कोरोना सङ्क्रमण निको भईसकेको छ ।

गत २४ घण्टामा भारतमा कोरोनाको कारण ६ सय २७ जनाको मृत्यु भएको यसैसंँगै कोरोना शुरु भएबाट हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ९२ हजार ३ सय २७ पुगेको छ । कोरोना सुरु भएदेखि हालसम्म ७२ करोड ३७ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६४ करोड ४४ लाख ७३ हजारभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL