Logo

आइएमई जनरल इन्स्योरेन्स र काठमाडौँ प्याथ ल्याबबीच सम्झौता, आइएमईका ग्राहक र कर्मचारीलाई छुट

आइएमई जनरल इन्स्योरेन्स र काठमाडौँ प्याथ ल्याबबीच सम्झौता, आइएमईका ग्राहक र कर्मचारीलाई छुट



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब एन्ड डाग्नोस्टिक सेन्टरबीच सम्झौता भएको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब एन्ड डाग्नोस्टिक सेन्टरका का प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, सेयरधनी तथा ग्राहकहरुलाई काठमाडौँ प्याथ ल्याब एन्ड डाग्नोस्टिक सेन्टर महाराजगंज, काठमाडौँमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL