Logo

लकडाउनमा पनि धमाधम काम, चालु आवभित्रै १५० पुलको काम सम्पन्न हुने

लकडाउनमा पनि धमाधम काम, चालु आवभित्रै १५० पुलको काम सम्पन्न हुने



काठमाडौं । कोरोना भाईरसका कारण नेपाल पूर्ण लकडाउन भए पनि विकास निर्माणको काम भने अघि बढेको छ । सरकारले अत्यावश्यक विकास निर्माणको कामलगायतका काम अघि बढाउन दिएको निर्देशनसँगै विकास निर्माणको काम अघि बढाएको हो ।

पछिल्लो समय देशैभर सडक निर्माणले गति लिएसँगै पुल निर्माणमा पनि तीव्रता आएको छ । सडक बिभाग अन्तरगतको पुल महाशाखाले चालु आर्थिक बर्षमा ३ सय ओटा पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि उक्त लक्ष्य भेटन नसकिने महाशाखाका प्रमुख दीपक भट्टराईले जानकारी दिएका छन ।

आव २०७६/७७ मा देशभरिमा १५ सय ६० ओटा पुल निर्माणाधीन अवस्थामा रहेको छ । जसमध्ये ३ सय ओटा पुल निर्माणको काम भने यसै आर्थिक बर्षभित्र सम्पन्न हुने गरि काम अघि बढाए पनि बन्दाबन्दी (लकडाउन) का कारण करिब १५० ओटा पुलमात्रै सम्पन्न हुने महाशाखाका प्रमुख भट्टराईले बिजखबरलाई बताए ।

नेपाल पूर्ण लकडाउनपछि सम्पूर्ण काम रोकेको भए पनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले निर्धारण गरेका सर्तमा रहेर काम पुनः शुरु गर्न लागेको महाशाखाले जानकारी दिएको छ । महाशाखाका प्रमुख भट्टराईका अनुसार लकडाउनको अवधिमा अन्य पुलको काम अघि बढाउन नसकेपनि ७० ओटा पुलको भने काम अघि बढेको उनले जानकारी दिएका छन ।

नगरी नहुने केही पुलको मात्रै सुरक्षाका उपयाहरु अपनाएर काम अघि बढाएको प्रमुख भट्टराईले जानकारी दिएका छन । पुलको काम गर्ने अधिकांश मजदुर भारतीय रहेको र ती मजदुर कहिले पूर्व त कहिले पश्चिम लगेर काम गर्नु परेकाले ७० ओटा पुलको मात्रै काम अघि बढाएको भट्टराईको भनाई छ । कतिपय स्थानमा काठमाडौंबाटै मजदूरहरु लगेर भए पनि काम सुरु गरेको उनले बताए ।

गत बर्ष १ सय ४९ ओटा पुलको काम सम्पन्न गरेको महाशाखाले यस बर्ष ३ सय ओटा पुलको काम सम्पन्न गर्ने उद्देश्य लिए पनि १५० ओटा पुलको मात्रै काम सम्पन्न हुनेगरि लकडाउनको समयमा पनि काम अघि बढाएको हो । बिभिन्न निर्माण सामग्रीको अभाव खड्कन नदिन समन्वय गरिदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्रचारसमेत गरेको प्रमुख भट्टराईले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL