Logo

भोल्भोको आधिकारिक विक्रेतामा एक्सप्लोर, सूपथ मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता

भोल्भोको आधिकारिक विक्रेतामा एक्सप्लोर, सूपथ मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२८ असार,काठमाडौं । एक्सप्लोर अर्थ मुभर्स प्रालि भल्भो कन्सट्रक्सन इक्विपमेण्टको आधिकारीक डिष्ट्रिब्यूटर नियुक्त भएको छ । भल्भो कन्सट्रक्सन इक्विपमेण्टले भल्भो ब्राण्डको हेभी इक्विपमेण्ट बिक्री–वितरण गर्न एक्सप्लोरलाई नियुक्त गरेको हो ।
स्वीडेनबाट शुरु भएको भल्भो ग्रुपका हेभी इक्विपमेण्टहरुले विश्वमा मुख्य हिस्सा ओगटेका छन् ।

यसको उत्पादन र प्रविधि वातावरण मैत्री हुनुकासाथै सुरक्षित तथा गुणस्तरको हिसाबले उत्कृष्ट ठहरिएको छ ।  त्यस्तै समयअनुसार यन्त्र, उपकरण र मेसिनलाई आधुनिकिकरण गर्न समेत सफल भएको छ ।
भल्भो ग्रुप निर्माण क्षेत्रमा प्रयोग हुने हेभी इक्विपमेण्ट उत्पादन गर्ने कम्पनीहरु मध्येमा एउटा संस्था हो ।

यसले  ट्रक, बस, औद्योगिक इञ्जिन, एक्साभेटर, लोडर, डोजर, ग्रेडर, कम्प्याक्टर, पेभर्स आदि मुख्य वस्तुहरु उत्पादन गरिरहेको छ । भल्भो ग्रुपले विश्वका १८ स्थानमा हेभी इक्विपमेण्ट उत्पादन गर्दै आइरहेको छ भने १९० भन्दा बढी स्थानबाट बिक्री–वितरण भइरहेको छ ।

एक्सप्लोर अर्थ मुभर्स पञ्चकन्या समूह र निर्माण क्षेत्रमा लामो अनुभव भएको मानश्री ट्रेडिङ्ग इन्टरप्राइजेज प्रालिको संयुक्त लगानीमा स्थापित कम्पनी हो । यसको वर्कसप थानकोटमा र मुख्य कार्यालय कृष्णगल्ली, ललितपुरमा रहेको छ ।

विकास निर्माण क्षेत्रमा प्रतिवद्ध रहने र भारत, कोरिया र चीनमा उत्पादित भल्भो र एसडिएलजीका हेभी इक्विपमेन्ट उपभोक्ताहरुको चाहना अनुसार सरल र सुपथ मूल्यमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL