Logo

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद थपियो, अनुदान वितरण सहज बनाईदै

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद थपियो, अनुदान वितरण सहज बनाईदै



काठमाडौं । भुकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद थपिएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले भुकम्प पीडितले अनुदान स्वरुप दोस्रो किस्ता लिने म्याद असार मसान्तसम्मलाई थप गरिएको हो ।

यस अघि यहि पनि म्याद थप गर्दै यहि चैत मसान्तसम्म दास्रो किस्ता निल पाउने व्यवस्था गरेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेको हो । सबै लाभग्राहीले अनुदान रकम नपाउने स्थति आएकोले म्याद थपिएको समितिले जानकारी दिएको छ ।

साथै प्रधानमन्त्री ओलीले भुकम्प पीडितलाई दोस्रो किस्ता लिनका लागि आई परेका समस्या समेत तत्काल हटाउन निर्देशन दिएका छन् । कतिपय भुकम्प पीडितले लालपूर्जा नभएको तथा अन्य कारणले गर्दा दोस्रो किस्ता लिन सकेका छैनन् । बैठकले कार्यविधिलाई संशोधन गरेर अनुदान वितरण प्रक्रियालाई सहज बनाउने निर्णय समेत गरेको छ ।

बैंठकले भुकम्प पीडितको निजी आवस निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउन प्राधिकरणलाई निर्देशन दिएको छ । हालसम्म भुकम्प पीडितका १ लाख १४ घर बनिसकेका छन् भने ३ लाख ९० हजार घरहरु निर्माणाधीन अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL