काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ५८ अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से आज अन्तिम समयमा ५८.६३ अंकले बढ्दै २६ सय ८२ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय २८ कम्पनीका १ करोड १३ लाख ५३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २९ करोड २७ लाख माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा बाँकी २ सय ३८ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज सेयरमुल्य उकालो लागेकामध्ये ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लागेका छन् ।