Logo

वैकल्पिक सहायक राजमार्गको योजना बढे, बजेट घट्यो

वैकल्पिक सहायक राजमार्गको योजना बढे, बजेट घट्यो



काठमाडौं । ‘वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम’ अन्तरर्गतको सडकमा टुक्रे योजनालाई प्रथामिकता दिएसँगै नुवाकोटमा ती योजनाले लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ । सङ्घीय सरकारले सञ्चालनमा ल्याएको हाल सञ्चालित मुख्य राजमार्ग बन्द हुँदा गन्तव्यमा पुग्न वैकल्पिक सडकको परिकल्पना गरिएको भए पनि ती योजना कार्यान्वयन गर्न बजेटको अभाव देखिएको हो ।

laxmi

सडक डिभिजन नुवाकोटले गत वर्ष प्रति योजना ३ करोड रुपैयाँसम्मका ५ योजना सञ्चालनमा ल्याएकोमा चालु आर्थिक वर्षमा योजनाको सङ्ख्या बढाएर १८ वटा आएको सडक डिभिजन नुवाकोटका प्रमुख अमृतमणि रिमालले जानकारी दिए । उनका अनुसार योजना कार्यान्वयन गर्न बजेट भने प्रतियोजना ५० लाख रुपैयाँको दरले प्राप्त भएको छ ।

‘मूल राजमार्गको आसपास बनाएर वैकल्पिक सहायक राजमार्गको विस्तार गर्नुपर्ने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मार्फत बजेट कार्यान्वयन गर्नुपर्ने हो’, डिभिजन प्रमुख रिमालले भने, ‘योजनाको सङ्ख्या बढेर आयो, बजेटको आकार घटाइएको छ । लक्ष्य अनुसार सडक निर्माण गर्न खर्च पुग्दैन ।’

गतवर्ष सञ्चालित पाँचमध्ये चारलाई ३ करोड र एउटालाई २ करोड रुपैयाँ बजेट प्राप्त भएको थियो । खर्च अभावले ती योजना पूरा हुन बाँकी छ ।
बाँकी योजनामध्ये यो आवमा ४ वटालाई प्रति योजना १ करोड रुपैयाँ प्राप्त भएको छ । ठाटीभञ्याङबाट गोल्फुभञ्याङ जाने सडकलाई बजेट नै नआएको सडक डिभिजन नुवाकोटका इञ्जिनीयर सुमन बस्नेतले जानकारी दिए ।

उनका अनुसार योजना ढिलो गरेर प्राप्त भएकाले निर्माण व्यावसायीलाई कामको जिम्मा दिन अझै बाँकी छ । वैकल्पिक सहायक राजमार्गले नयाँ सडक निर्माण तथा साविकको ‘ट्र्याक’ लाई विस्तार गर्दै हाल सञ्चालनमा रहेका मुख्य राजमार्ग आसपास तथा नदी–खोलाको ठिक पारीतर्फ जहाँ सडकको पहुँच नभएको स्थानमा सडक पु¥याउने लक्ष्य लिइएको छ । नयाँ निर्माण गरिने सहायक राजमार्ग हाल सञ्चालनमा रहेका मुख्य सहायक राजमार्ग सरह सडकको पहुँच दायाँबाट १५ मिटर र कालोपत्र सात मिटर चौडाइको बनाइने उल्लेख छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL