Logo

महंगियो नेपालीको भान्सा, खाद्यान्नमा १९ प्रतिशतसम्म मूल्यवृद्धि

महंगियो नेपालीको भान्सा, खाद्यान्नमा १९ प्रतिशतसम्म मूल्यवृद्धि



काठमाडौं । पछिल्लो समय नेपालमा तेलहन, दलहनलगायत खाद्य वस्तुको मूल्य बढ्दा नेपालीको भान्सा नै महंगिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाली भान्सामा धेरै प्रयोग हुने खाद्य वस्तुको मूल्यवृद्धि १९ प्रतिशतसम्म बढेको हो ।

laxmi

राष्ट्र बैंकका तथ्यांकअनुसार चालु आर्थिक बर्षको माघ महिनामा समग्र मूल्यवृद्धि २ दशमलव ७० प्रतिशतमा सिमित भएपनि फलफुल, घ्यु तथा तेल, दाल तथा गेडागुडी र सुर्तिजन्य पदार्थको मूल्यवृद्धि क्रमशः १८.८४, १८.१४, १०.४१ र १०.४१ प्रतिशत पुगेको हो ।

राष्ट्र बैंकका अनुसार समग्र मुद्रास्फीति २ दशमलव ७० प्रतिशत रहेको छ । जुन गत आवको सोही अवधिमा ६ दशमलव ८७ प्रतिशतसम्म पुगेको थियो । तर खाद्य पदार्थको मुद्रस्फीति भने पछिल्लो समय उकालो लाग्ने क्रम जारी रहेको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार माघ महिनामा काठमाडौं उपत्यकाको समग्र मुद्रास्फीति २ दशमलव १७ प्रतिशत पुगेको छ । यस्तै तराई, पहाड र हिमालमा क्रमशः मुद्रास्फीति २.७८, ३.३० र २.०५ पूतिशत पुगेको छ । गत आवको माघ महिनामा यी क्षेत्रको मुद्रास्फीति क्रमशः ७.५८, ७.२९, ५.४६ र ५.२८ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL