Logo

मन्त्रिपरिषद बैंठक : विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई

मन्त्रिपरिषद बैंठक : विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । यसअघि प्राधिकरणको कामु कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका शाक्यलाई सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

laxmi

प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङको भदौ २८ गते कार्यकाल सकिएपछि तत्कालका लागि लेखनाथ कोइरालालाई दिइएको थियो । तर प्राधिकरण सञ्चालक समिति बैठकले कात्तिक २१ गते शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेबारी दिएको थियो ।

निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्नु अघि उनी प्राधिकरणकै सहायक कम्पनी एनइए इञ्जिनीयरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL