Logo

रेमिटान्स बढेर आयात खस्किदा बढ्यो शोधनान्तर बचत, वैदेशिक लगानीमा उच्च गिरावट

रेमिटान्स बढेर आयात खस्किदा बढ्यो शोधनान्तर बचत, वैदेशिक लगानीमा उच्च गिरावट



काठमाडौं । पछिल्लो समय देशको शोधनान्तर स्थितीमा उच्च सुधार आएको छ । केही बर्षयता लगातार घाटामा रहेको देशको शोधनान्तर स्थिती गतवर्ष यता सुधार आएको छ ।

laxmi

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक बर्षको पहिलो ६ महिनाको तथ्याङक अनुसार देशको शोधनान्तर स्थिती १ खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको छ । जबकि गत आबको सोही अबधिमा यस्तो बचत समीक्षा अवधिमा २६ अर्ब ६५ करोड रुपैयाँले मात्रै बचतमा रहेको थियो ।

पछिल्लो समय देशमा भित्र्ने रेमिटान्स आप्रबाहमा वृद्धि तथा कोरोनाका कारण आयातमा समेत गिरावट आउदा शोधनान्तर स्थितीमा उच्च सुधार आएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

पछिल्लो समय देशबाट वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्यामा उल्लखनीय रुपमा गिरावट आएको पनि कोरोनाका कारण कामदारले जिन्सीभन्दा नगदनै पठाउने गरेका कारण रेमिटान्स आप्रबाहमा वृद्धि हुन पुगेको छ । साथै पछिल्लो समय कोरोनाका कारण विभिन्न देशबाट हुने आयातमा समेत गिरावट आएको छ । जसका कारण शोधनान्तर स्थितीमा उच्च सुधार आएको हो ।

तर सो अबधिमा नेपालमा भित्रने प्रत्यक्ष वैदेशिक लगानी भने खस्किएको छ । आर्थिक बर्ष २०७६/७७ को पहिलो ६ महिनामा १२ अर्ब २० करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएकोमा चालू आबको सोही अबधिमा ७ अर्ब ४६ करोड मात्रै भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL