Logo

आईतबारदेखि दुई कार्यदिनमा सेयर राफसाफ, सेयर खरिद गरेको भोलिपल्टै भुक्तानी

आईतबारदेखि दुई कार्यदिनमा सेयर राफसाफ, सेयर खरिद गरेको भोलिपल्टै भुक्तानी



काठमाडौं । अबदेखि सेयर कारोबारको राफसाफ टी प्स टु (दुई कार्यदिन) मै हुने भएको छ । सीडीएससी एण्ड क्लियरिङले आईतबार एक सूचना जारी गर्दै यहि माघ ११ गतेदेखि धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्रलाई २ कार्य दिन भित्र गर्न निर्देशन दिएको छ ।
यसअघि ३ कार्यदिनमा राफसाफ हुँदै आएकोमा धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ को उपविनियम १३ लाई संशोधन २ कार्यदिनमा झारेको हो ।

laxmi

जस अनुसार धितोपत्रको विक्री कारोबार गर्ने लगानीकर्ताले आफूले विक्रि गरेको धितोपत्रको राफसाफ तथा फर्छ्यौटका लागि कारोबार भएको मितिको भोलिपल्ट भित्रमा भौतिक निर्देशन पूर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकोमा बुझाउनुपर्ने छ । धितोपत्रको विक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री कारोबारको पूँजीगत लाभकर गणनाका लागि आवश्यक विवरण विक्रीकर्ता लगानीकर्ता बाट प्राप्त गरि टी प्स टुको बिहान ११ बजे भित्र राफसाफ तथा फर्छ्यौट प्रणाली प्रविष्टि गर्नुपर्नेछ ।
यसैगरी धितोपत्रको विक्री कारोवार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री कारोबारको राफसाफ तथा फर्छ्यौट कार्यका लागि आवश्यक धितोपत्र आफ्नो राफसाफ खातामा जम्मा भएको यकिन गरि कुनै विक्री कर्ताले निर्धारित समयावधि भित्र आफ्नो राफसाफ खातामा जम्मा नगराएको खण्डमा टीप्ल्स टु को मध्यान्न १२ बजे भित्र सो विक्रिकर्ताको विक्री कारोबारको स्टोरेज मार्फ गरिसक्नुपर्ने छ
हरेक दिन राफसाफ तथा फर्छ्यौट प्रणालीमा प्राप्त निर्देशन बमोजिम राफसाफ सदस्यको पुल खाताहरू, राफसाफ गृहको राफसाफ खाता तथा विभिन्न कमिसन खाताहरूमा आवश्यक रकम डेविट वा क्रेडिट गरि सो को जानकारी प्रणालीमा प्रविष्टि गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL