Logo

नाकको स्प्रेले कोरोनाभाइरसको बृद्धिलाई ९५ प्रतिशतसम्म घटाएको अष्ट्रेलियाली फर्मको दाबी, स्प्रेको विकासमा करोडौं डलर खर्चिने

नाकको स्प्रेले कोरोनाभाइरसको बृद्धिलाई ९५ प्रतिशतसम्म घटाएको अष्ट्रेलियाली फर्मको दाबी, स्प्रेको विकासमा करोडौं डलर खर्चिने



काठमाडौं । अस्ट्रेलियाको बायोटेक कम्पनी एना रेस्पेरीले चिसो र फ्लूको विरूद्ध लड्न मानव प्रतिरक्षा प्रणालीमा सुधार गर्ने नाकको स्प्रेले कोरोनाभाइरसको बृद्धिलाई घटाएको बताएको छ । जनावरहरूमा गरिएको एक अध्ययनमा यस्तो सफलता हात परेको कम्पनलिे उल्लेख गरेको छ ।

फेरेट्समा गरिएको एक अध्ययनमा इना–०५१ को उपयोग गरिएका थियो । जसलाई खोपको पूरकको रूपमा प्रयोग गर्न सकिने र यसले भाइरसको स्तर कम गरेको कम्पनीले बताएको छ ।

जसले कोभिड–१९ लाई ९५ दशमलव ५ प्रतिशतसम्म कम गरेको कम्पनीले उल्लेख गरेको छ । यो अध्ययनको नेतृत्व ब्रिटिश सरकारी एजेन्सी पब्लिक हेल्थ इग्ल्यान्डले गरेको थियो ।

एना रेस्प्रेरेटरीले इना–०५१ को उत्पादन चार महिना भन्दा कम समयमा मानव शरीरमा परीक्षण गर्न तयार हुन बताएको छ । जसका लागि विषाक्ततासम्बन्धी सफलतापूर्वक अध्ययन र नियामकबाट स्वीकृति लिइएको छ ।

कम्पनीले स्प्रेको विकासका लागि ११.७ मिलियन डलर उठाएको छ । उद्यम पूंजी फर्म ब्रान्डन क्यापिटल लिमिटेड, अष्ट्रेलियाली संघीय सरकार, पेन्सन कोष र बायोटेक जायन्ट सीएसएल लिसमेत यसमा लगानी साझेदार रहेका छन् ।

विश्वभरिका धेरै कम्पनीहरू कोरोनाभाइरस खोप विकासको खोजीमा छन् । अष्ट्रेलियाले केही औषधी कम्पनीहरूसँग कोभिड १९ को सम्भावित खोपहरू तयार हुनेबित्तिकै हात पार्न अरबौं लगानी गर्ने सम्झौता गरिसेको छ ।

कोरोनाले हालसम्म विश्वव्यापी रुपमा १० लाख बढीको ज्यान गइसकेको छ । अष्ट्रेलियामा अहिलेसम्म कोरोनाबाट ८७५ जनाको मृत्यु भइसकेको छ भने २७,००० भन्दा बढी संक्रमित भएका छन् । जुन अन्य विकसित देशहरूमा रिपोर्ट गरिएको संख्याभन्दा धेरै कम छ । –याहुहेल्थबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL