Logo

रुसमा बनेको कोरोना भ्याक्सिनको पहिलो खेप तयार, हरेक महिना ५० लाख डोज बन्ने

रुसमा बनेको कोरोना भ्याक्सिनको पहिलो खेप तयार, हरेक महिना ५० लाख डोज बन्ने



काठमाडौं ।  रुसले कोरोनाभाइरस भ्याक्सिनको पहिलो ब्याच तयार पारेको छ । रुसी स्वास्थ्य मन्त्रालयले इन्टरफेस न्युज एजेन्सीलाई दिएको जानकारीअनुसार रुसमा अब भ्याक्सिन उत्पादन सुरु भएको हो ।

अब रुसमा यो भ्याक्सिन प्रत्येक महिना कम्तिमा पनि ५० लाख डोज बन्ने बताइएको छ । रुसले यो भ्याक्सिन यही महिनाको अन्त्यसम्म बजारमा पठाउने तयारी गरेको पनि बताएको छ ।

तर, रुसकै केही वैज्ञानिकहरुले भ्याक्सिन बनाउने होडमा लागेर रुसले राम्रो गर्न नगरेको बताएका छन् । जे होस्, कोरोनाविरुद्धको भ्याक्सिन बजारमा आउन लागेको यो पहिलो पटक हो ।

भ्याक्सिनको तेस्रो फेजको परीक्षणका लागि पनि अब सरकारले मन्जुरी दिएको छ । यो तेस्रो फेजमा यो भ्याक्सिन हजारौँ मानिसमा परीक्षण हुनेछ ।

रुसले कोरोनाभाइरस भ्याक्सिनको नाम स्पुतनिक ५ राखेको । स्पुतनिक अन्तरिक्षमा जाने विश्वकै पहिलो उपग्रह थियो जसलाई रुसले नै बनाएको थियो ।

विश्वभर यो भ्याक्सिनको आलोचना भइरहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चाहिँ यो भ्याक्सिन सुरक्षित भएको र आफ्नी छोरीले पनि यो भ्याक्सिन लगाएको बताएका छन् । उनले छोरीले भ्याक्सिन लगाएपछि राम्रो महसुस गरेको पनि दाबी गरेका छन् ।

उता, कोरोनाबाट सबैभन्दा प्रभावित देश अमेरिकाले चाहिँ रुसको भ्याक्सिन प्रयोग गर्न अस्वीकार गरेको छ । अहिलेसम्म फिलिपिन्सले मात्र रुसले बनाएको यो भ्याक्सिनमा पूर्ण विश्वास देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL