Logo

सबै रुटका सार्वजनिक यातायात संचालन गर्ने वातावरण बनाउन माग

सबै रुटका सार्वजनिक यातायात संचालन गर्ने वातावरण बनाउन माग



काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरुले तुरुन्तै सबै खालका लामो, मध्यम र छोटो दूरीका सार्वजनिक सवारी खोल्ने वातावरण बनाउन माग गरेका छन् । पछिल्लो समय छोटो अर्थात जिल्लाभित्रै मात्रै सार्वजनिक सवारीसाधन संचालनमा ल्याउँदा यात्रुलाई सास्ती भएको बताउँदै सबै प्रकारका सार्वजनिक सवारीसाधन संचालनमा ल्याउने वातावरण बनाउन आग्रह गरेको हो ।

laxmi

सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने यात्रुले झिटिगुन्टा, बालबच्चा बोकेर, घाम पानी झेलेर पैद हिँड्नु परेको बताईएको छ । यसले गर्दा बालबालिका र वृद्धवृद्धा बढी समस्या परेको भन्दै यी संघसंस्थाले अव्यवहारिक निर्णय उल्ट्याएर सबै खालका रुटमा सार्वजनिक सवारी चलाउन दिन सरकारसँग माग गरेका छन् ।

कोरोना सवारीसाधनबाट नभई मान्छेबाट मान्छेमा सर्ने भएकाले त्युसलाई ध्यानमा राखेर सतर्कतासहित सवारी चलाउन दिनुपर्ने माग उनीहरुको छ ।

विज्ञप्ति जारी गर्नेहरुले निजी सवारीले चर्को भाडा असुलेर सावधानी नअपनाई यात्रु ओसरिरहेको भन्दै सरकाकरो ध्यानाकर्षण गराएका छन् ।

सबै रुटका सार्वजनिक यातायात संचालनमा गर्ने वातावरण बनाउन माग


प्रतिक्रिया दिनुहोस्
MBL