Logo

भाडा विवादपछि रञ्जना ट्रेड सेन्टर बन्द, ५ सय व्यवसायी सडकमा

भाडा विवादपछि रञ्जना ट्रेड सेन्टर बन्द, ५ सय व्यवसायी सडकमा



काठमाडौं । काठमाडौंको मुटुमा रहेको होलसेल मार्केट रञ्जना ट्रेड सेन्टर अन्श्चिितकालका लागि बन्द भएको छ । कोरोना संक्रमण (कोभिड–१९) का कारण ३ भन्दा महिना बढी बन्द रहेर सञ्चालनमा आएको सेन्टरका व्यवसायीहरुले पसल कवल धनीहरुले भाडा छुट नदिएको भन्दै आइतबारबाट स्वस्र्फूत सबै पसल बन्द गरेका हुन् ।

laxmi

भाडाका सम्बन्धमा रञ्जना व्यापार संघले पहल गरिरहेको भएपनि धेरैजसो पसल कवल धनीहरुले भाडा छुट दिन इन्कार गरेपछि निष्कर्ष निस्कन सकेको छैन् । संघले एक महिनायता व्यवसायीलाई निश्चित मोडालिटी बनाएर छुट दिन पहल गरिहेपनि निष्कर्षमा पुग्न असफल भएपछि व्यवसायीहरु आक्रोशित भएका छन् ।

रञ्जना ट्रेड सेन्टर उपत्याकाकै महँगो भाडा रहेको व्यवसायिक केन्द्र हो । लकडाउनयता व्यापार ठप्प हुँदा त्यहाँ व्यवसाय सञ्चालन गर्ने करीब ५ सय व्यवसायी समस्यामा परेका छन् । तर, मनलाग्दी भाडा असुलिरहेका पसल कवल धनीहरुले अहिलेको विषम परिस्थितिमा पनि भाडामा व्यवसाय सञ्चालन गरिरहेकाहरुका लागि छुट दिन नखोज्नु किनै दुखद रहेको एक व्यवसायीले बताए ।

‘कोरोनाका कारण अहिलेसम्म हाम्रो व्यवसाय ठप्प भयो, लाखौंको सामान स्टक छ, लाखौं रुपैयाँ क्षति भइसक्यो । यस्तो अवस्थामा पसल कवल धनीहरुले भाडा छुट राहत दिएर हामीलाई सहयोग गर्नुपर्ने कर्तव्य पनि हो’, एक व्यवसायीले भने ।

व्यवसायीले अब निष्कर्ष ननिस्केसम्म व्यवसाय नखोल्ने मनस्थिति बनाएको पनि उनले बताए । मल व्यवस्थापनले भने पसल कवल धनीहरु र व्यवसायीले समस्या सुल्झाएपछि मात्र सेन्टर सञ्चालनमा आउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL