Logo

ट्रक भाडामा दिने व्यक्तिलाई प्यान नम्बर लिन नयाँ व्यवस्था, यस्तो छ प्रक्रिया

ट्रक भाडामा दिने व्यक्तिलाई प्यान नम्बर लिन नयाँ व्यवस्था, यस्तो छ प्रक्रिया



काठमाडौं । आन्तरिक राजस्व विभागले ट्रक भाडामा दिने व्यक्तिलाई स्थायी लेखा नम्बर
 (प्यान) लिन सहज व्यवस्था गरेको छ । विभागले एक निर्देशन जारी गर्दै आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयलाई विभिन्न निर्देशन जारी गरेको हो ।

आफैले ढुवानीको कार्य नगरी ट्रक भाडामा दिने व्यक्तिहरुलाई सरल र सहजरुपमा स्थायी लेखा नम्बर प्रदान गर्न स्थानीय तहमा शुरु व्यवसाय दर्ता गरेको आधारमा बा ट्रकको ब्लुु बुकका आधारमा स्थायी लेखा नम्बर जारी गर्न निर्देशन दिएको छ ।

त्यसरी स्थायी लेखा नम्बर जारी गर्दा स्थानीय तहमा व्यवसाय दर्ता भएको अवस्थामा व्यवसाय दर्ता गर्ने स्थानीय तहसँग सम्बन्धित कार्यक्षेत्रमा रहेको कार्यालयबाट स्थायी लेखा नम्बर प्रदान गर्न सकिने विभागले जनाएको छ ।

यस्तै विभागको निर्देशनमा ब्लु बुकको आधारमा स्थायी लेखा नम्बर प्रदान गर्दा ब्लु बुकमा उल्लेख भएको धनी–ऋणीको नागरिकता जारी भएको जिल्ला वा ब्लु बुक जारी गर्ने यातायात व्यवस्था कार्यालय रहेको जिल्लासँग सम्बन्धित कार्यालयबाट स्थायी लेखा नम्बर प्रदान गर्ने उल्लेख छ ।

ब्लु बुकको आधारमा स्थायी लेखा नम्बर प्रदान गर्दा फर्मको नाममा ब्लु बुकमा उल्लेख भएको व्यक्तिको नाम तथा व्यवसायको दर्ता मिति र दर्ता नम्बरमा यातायात व्यवस्था कार्यालयबाट जारी भएको ब्लु बुकमा उल्लेखित मिति र नम्बर उल्लेख गरी स्थायी लेखा नम्बर जारी गर्न सकिने छ ।

एकभन्दा बढी ट्रक हुने ट्रकधनी र ऋणीको हकमा निजको नाममा रहेको सबै ट्रकहरुको छुट्टै विवरण लिई कुनै एक ब्लु बुकको आधारमा स्थायी लेखा नम्बर प्रदान गर्न पनि विभागले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This