Logo

लकडाउनमा फसेका बिदेशी आफ्नै मुलुक फर्काइँदैं : आज जर्मन र इयुका ३ सय नागरिक लैजाँदै कतार एयर

लकडाउनमा फसेका बिदेशी आफ्नै मुलुक फर्काइँदैं : आज जर्मन र इयुका ३ सय नागरिक लैजाँदै कतार एयर


बिजखबर संवाददाता
243
Shares

काठमाडौं । नेपालमा मंगलबारदेखि जारी लकडाउनका कारण सबै अन्तरािष्ट्रय उडान पनि स्थगित भएसँगै नेपालमै अड्किएका बिदेशीलाई सम्बन्धित मुलुकले आफ्नै देश फर्काउन थालेका छन् ।

laxmi

यसैक्रममा आज कतार एयरको जहाजले जर्मन र युरोपियन युनियन (इयु) का नागरिक जर्मन लैजाने भएको छ । कोभिड १९ (कोरोना भाईरस) का कारण जहाज चार्टड गरेर ति जर्मनीले आफ्ना नागरिकहरुलाई नेपालबाट लैजान लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार शुक्रबार बिहान साढे ११ बजे हुने उडानमा करिब ३ सय जना विदेशी नागरिकहरुलाई कतार एयरवेजको एयरबस ३३० मार्फत कतारको दोहामा पठाउन लागिएको हो ।

क्षेत्रीका अनुसार उक्त विमानको क्षमता ३ सय ५ जना भए पनि ३ सय जनालाई मात्रै पठाउन लागिएको हो । अहिले विमानस्थलमा चेकिङ सुरु भईसकेको छ । साथै उक्त जहाजले शनिबार समेत चार्टड गरेर विदेशी पर्यटकहरु लैजाने भएको छ । तर शनिबार हुने चार्टड उडानमा के कति संख्यामा पर्यटक हुने हो त्यो भने बेलुका मात्रै जानकारी हुने क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL